Monday, October 3, 2022

नेवा:हरुको मोहनी नख:, Mohni Nakhah dashain tika,


 

नेवा:हरुको मोहनी नख:


नेवा: परम्परा अनुसार कौलाथ्व पारुको दिन देखि मोहनी नखःको शुरुवात हुन्छ । नेवा: वर्षमा कौला अन्तिम महिना हो । नेवाःहरुको पात्रो चन्द्रमास अनुसार हुने गर्दछ । पहिलो दिन प्रत्येक महिना पारु (परेवा तिथि)बाट नयाँ महिनाको शुरुवात हुने गर्दछ । कौला महिनाको पहिलो दिन मोहनी नखःको शुरुवात हुन्छ । यसपछि आउने महिला कछलामा नेवाःहरुको नयाँ वर्ष शुरु हुन्छ । जुन म्हपूजाको दिन पर्दछ ।

हुन त अरु जातिले मनाउने दशैमा झै मोहनी नखः मा पनि घटस्थापनाकै दिन नल स्वा: (जमरा) रोपिन्छ । एकाबिहानै नजिकै रहेको खोलामा गएर खोलाको किनारबाट शुद्ध बालुवा तथा शुद्ध जल ल्याएर नल स्वा: रोप्नका लागि माटोको भेग: (मुख खुला भएको भाँडा)मा बालुवा ओछ्याएर त्यसमा एकदिन अगाडि भिजाएको जौ (कसैले मकै पनि मिसाएर) छर्केर बालुवाले नै छोपेर रोपिन्छ । पूजा गरि जौ रोपिसकेपछि सो भेगःलाई फेरी अर्को भाडाले छोपिन्छ । यसरी जमरा रोप्नुको कारण देवीका लागि शुद्ध फूल तैयार गर्नु हो । सूर्यको पनि आँखा नलागोस् । किरा पुतलीहरुले पनि जुठो नगरोस भनेर पूर्ण शुद्ध जमरा तैयार गर्नका लागि नित्य पूजा गर्ने गरिन्छ । तर नल स्वा: रोपिए पछि बिचका दिनहरुमा खासै केही गरिदैन । काठमाडौमा भने पञ्चमीको दिन पचिमह्र अर्थात पचली भैरवको जात्रा मनाउने गरिन्छ । अन्यथा नल स्वा: रोपे पछि सात दिनसम्म दैनिक नित्य पूजाको साथमा नल स्वा: को पूजा मात्र गरिन्छ ।

kuchi bhay. कुछी भ्वय newari feast (bhoj)



 On the eighth day of Badadashain, the Newar community is celebrating the Maha Ashtami festival by eating kuchi bhay.

In Newari, kuchi means two manas while bhay means feast. On the day of Maha Ashtami, there is a custom of feasting on banana leaves. Kuchi Bhay has special importance in that community.