Tuesday, September 19, 2023

नेवार समुदायमा तीजको व्रत. , In the Newar community why donot celebrate of Teej

 नेवार समुदायमा छोरीको ३ पटक विवाह गरिन्छ। पहिलो 'इहिं' अर्थात् बेलसँग विवाह; दोस्रो 'बारा तयेगु' अर्थात् गुफा राख्ने जस्लाई सूर्यदर्शन पनि भनिन्छ र यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्नेमान्छेसँग गरिन्छ। नेवार समुदायका महिलाले तिजको समयमा व्रत बस्नु पर्दैन किनकि नेवार कन्याको बाल्यअवस्थामा नै भगवान सुबर्ण कुमारसंग वैदिकतन्त्र निर्देशनअनुसार इही संस्कार सम्पन्न भई कहिले पनि बिधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरेका हुन्छन्। यस्तो अवस्थामा तीजको व्रत लिई पुन: सौभाग्यका लागि व्रत बसी कामना गर्नुपर्ने आवश्यक्ता हुँदैन भनिएकाे छ। आजकल केही नेवार महिलाहरुले अरुहरुको देखासिकी गर्दै तिजको ब्रत बस्न थालेकाे पनि पाईन्छ। रहरले यो व्रत बसेको हाे भने अर्कै कुरा, तर अज्ञानताबस बसेकाे हाे भने त्यो नेवारी परम्परा, संस्कृति र धर्म-संस्कारसंग मेल नखाएकाे मानिन्छ।त्यसैले नवारले तिज मनाउनु भनेको अनफ्नो खेत बाजो राखेर अरुको खेत खन्न जानू जतिकै हो।।