Monday, June 28, 2021

New admission of saraswati school on 2078 शैक्षिक सत्र २०७८ का लागि नयाँ भर्ना खुल्यो

 शैक्षिक सत्र २०७८ का लागि नयाँ भर्ना खुल्यो 

लुम्बिनी प्रदेश बुटवल उपमहानगरपालिकाको एतिहासिक स्थलमा अवस्थित पुरानो बटौली बजार वडा नं. १ मा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सत्र २०७८ का लागि यही असार १३ गते देखि नयाँ व्यवस्थापनका साथ कक्षा नर्सरी देखि कक्षा ८ सम्म नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ, साथै यस बर्ष देखि सबै कक्षाहरु शिक्षामा नविन प्रविधिका साथ ICT को प्रयोग गरि अध्यापन गराइने समेत जानकारी गराइन्छ ।

 कक्षा ६ ७ र ८ मा स्मार्टबोर्डको प्रयोग गरि कक्षा सञ्चालन गर्ने यसै गरि अरु कक्षाहरुमा प्रोजेक्टरको प्रयोग बाट कक्षा सञ्चालन गर्ने र बालबिकासका बालबालिकाहरुलाई टेलिभिजनको प्रयोग गरि मन्टेश्वरी तरिकाले पठनपाठनलाई प्रभावकारी ढंगबाट संञ्चालन गर्ने बताइएको छ । आप्mना नानी बाबुहरुलाई समयमै भर्ना गराइ पाठ्यपुस्तक लैजानका लागि पनि विद्यालयले अनुरोध गरेको छ ।

 

 

 

विद्यालयका विशेषताहरु ः

 

   दक्ष तथा अनुभवी शिक्षकहरुबाट अध्यापन,

 

   बालमैत्री वातावरणमा अध्यापन,

 

   भौतिक सुविधा सम्पन्न विद्यालय,

 

   पुस्तकालयको व्यवस्थापन,

 

   ICT तथा विज्ञान प्रयोगशालाको व्यवस्था,

 

   कम्पाउण्ड सहितको मैदान,

 

   कक्षा नर्सरीका बालबालिकाहरुलाई मन्टेश्वरी पद्दतिद्धारा शिक्षण एवम् प्रयाप्त शैक्षिक सामग्रीको व्यवस्था,

 

   बालबालिकाहरुको नियमित स्वास्थ्य परिक्षणको व्यवस्था,

 

   अत्याधुनिक शैक्षिक सामग्रीको प्रयोग गरि अध्यापन,

 

१०   कक्षा ५ सम्म निःशुल्क खाजाको व्यवस्था,

 

११  विद्यार्थीको प्रतिभा प्रस्फुटनको लागि अतिरिक्त क्रियाकलापहरु संचालन ।


No comments:

Post a Comment

if you have any doutes at this site u can massage me