Thursday, January 13, 2022

नेवारी समुदायका नागरिकहरुले नेवाःभोजको आयोजना गरिएको, newa bhoj in butwal, butwalma newa bhoj sampanna, newar haruko saskriti jagarna garna ko lagi newa bhoj aayojana

  पुस महिनाको चिसो चिसो मौसम ,आफ्नै भेषभुषामा सजिएका नेवारी समुदायका नागरिकहरु । पुस २६ गते सोमबार बुटवल १ मा रहेको पुरानो पुस्तकालय महाबिर पुस्तकालयको प्राङगणमा देखिएको दृश्य बिल्कुलै फरक थियो ।

newa bhoj 2078

तपाईलाई लाग्यो होला कुनै विवाहको भोज हुनुपर्छ ? यदि यसो सोचिरहनुभएको छ भने गलत हुन सक्छ । तर यो बुटवल नेवाः समाज बुटवल उपमहानगरपालिका वडा १ र २ को आयोजनामा नेवाःभोजको आयोजना गरिएको दृश्य थियो ।

नेवारी समुदायका खानाका परिकारहरुको प्रबद्र्धन र संरक्षण गर्नका लागी नेवा भोजको आयोजना गरिएको आयोजकले जनाएका छन् । एक दिने नेवाः भोज कार्यक्रममा सहभागीहरुलाई खानाका परिकारले मन तानेको थियो । कतिपयलाई त आफ्नै संस्कार र सस्कृतिका खानाका परिकारका नाम समेत स्मरण गर्न हम्मे हम्मे पर्यो । बुटवल नेवाः समाज बुटवल उपमहानगर वडा १ र २ का अध्यक्ष सुबेन्द्र श्रेष्ठले स्थानीय कला संस्कृतिको जगेर्ना गर्न र नेवारी खानाको प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा नेवार समुदायका प्रख्यात खानाका रुपमा रहेका चिउरा, भट्ट, लहसुन, अदुवा, बारा, भेज तथा बफ छोयला, भुटुवा, गेडागुडी, चुकाउनी, साग(वाउचा), वास(थो), कुखुराको मासु, तखला ÷सन्या खुनी, भ्यात्तल, मेथी क्वा, तामा क्वा, सिसापुसा लगाएतका खानाका परिकारहरु राखिएको थियो । त्यस्तै सगुन तर्फ टिका, धजा, अण्डा, अदुवा, लहसुन, माछा, वास, दहि राखिएको श्रेष्ठले जानकारी दिनुभयो । नयाँ पुस्तालाई नेवारी सस्कृती र संस्कारको जानकार गराउन र रीतिरिवाज लोप हुन नदिन कार्यक्रमको आयोजना गरिएको वहाँको भनाई छ । स्थानीय कला संस्कृतिको जगेर्ना गर्न र नेवारी खानाको प्रचारप्रसार गर्न कार्यक्रम फलदायी रहेको कार्यक्रमका प्रमुख अतिथि बुटवल १ का वडा अध्यक्ष महेन्द्र प्रसाद लिगलले बताउनुभयो ।

नेवारी समुदायका खानाका परिकारलाई बा्रण्डको रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो ।

बिभिन्न स्थानिय सास्कृतिक धार्मिक महत्वलाई जगेर्ना गर्न नगरले बजेट बिनियोजित गरेको बताउदै भाषा, कला ,साहित्य समिति नै गठन गरेको जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न खाना परिकार संगैे नेवारी सँस्कृति झल्कने नृत्य र  झाँकीसमेत प्रस्तुत गरिएको थियो ।बुटवल नेवाः समाजका उपाध्यक्ष तथा नेवाः भोज कार्यक्रमका संयोजक अरुणा श्रेष्ठले कार्यक्रमले थप हौसला मिलेको बताउदै पुराना पुस्ताले सुरु गरेका कला र सास्कृतिक पहिचानलाई नयाँपुस्ताले अनुसरण गर्नुपर्ने बताउनुभयो ।

  कार्यक्रमका अर्का संयोजक तथा वडा नम्बर १ का सदस्य मदन श्रेष्ठले कार्यक्रममा २ सय ५० बढिको उपस्थिती रहेको जनाउदै प्रवेश शुल्क एक हजार राखिएको जनाउनुभयो । पहिलोपटक आयोजना गरिएको कार्यक्रमले कस्तो सफलता मिल्छ भन्ने लागेको थियो ,सहभागी सबैले राम्रो प्रतिक्रीया दिनुभयो ,त्यसैले थप हौसला मिलेको छ ,श्रेष्ठले भन्नुभयो ।

पुरानो बटौलीको रुपमा चिनिएको बुटवल १ र २ मा नेवारी समुदायको बाहुल्यता रहेको छ ।

कार्यकममा बुटवल नेवा समाजका संस्थापक अध्यक्ष रबिन्द्रगोपाल लाकौल,सल्लाहकार देबेन्द्रबहादुर श्रेष्ठ,श्री नेवा पुचःका अध्यक्ष काजीमान श्रेष्ठ,भिंदेय नेवा समाजका अध्यक्ष सिर्जना श्रेष्ठ,तिलोत्तमा मयजु पुचःका अध्यक्ष मिनु श्रेष्ठ, भिमसेन नेवा मयजु पुचःका अध्यक्ष धनु श्रेष्ठ लगायतको उपस्थिती रहेको संस्थाका सचिव बिजय शाक्यले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, समाजसेवी ,पत्रकार लगायतको उपस्थिती रहेको बुटवल नेवा समाजका प्रेस सल्लाहकार सुन्दर वासीले जानकारी दिनुभयोे ।कार्यक्रमको सञ्चालन लेखा संयोजक शहनशिल लिगलले गर्नुभएको थियो ।

अस्मिना पाण्डे

No comments:

Post a Comment

if you have any doutes at this site u can massage me