Translate

breaking news

plz fallow me and share it with ur friends and suport if any things to say plz comment me subscribe my youtube channel search facebook account also If you have any articles, please mail me. I will post on this side.

Search This Blog

Monday, October 6, 2025

दसैंकरण dashain festive

 ‘दसैंकरण’ हुन पुगेको नेवार जातिको एउटा महत्वपूर्ण चाड हो, ‘मोहनी’। अहिले धेरै नेवारहरूले नै मोहनीलाई दसैं भन्न थालेका छन्।


दशैँ खस आर्यले चैत्र महिनामा मनाइने पर्व हो । चैत्रमा गर्मी हुने भएकोले दशैलाई पछि असोजमा सारिएको हो । मोहनि पर्व नेवारले शुरु देखि असोजमै मनाउँदै आएको हो ।धर्म–संस्कृतिमाथि जब राज्यको हस्तक्षेप हुन्छ, तब त्यो पनि वर्गीय बन्न पुग्दो रहेछ।


दसैं पनि राज्यको हस्तक्षेपका कारण धार्मिकभन्दा पनि राजनीतिक बढी बन्दै गइरहेको देखिन्छ। त्यसैले दसैंकै बेला मनाइने अरू जातीय समुदायका छुट्टै पर्वहरू या छेउ लागेका छन्, या त ‘दसैंकरण’ हुँदै गएका छन्। त्यसरी नै ‘दसैंकरण’ हुन पुगेको नेवार जातिको एउटा महत्वपूर्ण चाड हो, ‘मोहनी’। अहिले धेरै नेवारले नै मोहनीलाई दसैं भन्न थालेका छन्।


दसैंको पहिलो दिन घटस्थापना भएझैं मोहनीको पहिलो दिन पनि घटस्थापना नै हो। घरघरमा जमरा रोपेपछि दसैं आरम्भ हुन्छ। मोहनी पनि त्यसरी नै आरम्भ हुन्छ। घरमा जमरा रोपिसकेपछि घरका कुनै पनि सदस्यले बाहिर रात काट्न हुँदैन भन्ने मान्यता मोहनी मान्नेबीच छ।


दसैंको जमरा रोपिसकेपछि बाँकी दिनमा कुनै पनि धार्मिक कार्य हुँदैन। यसबीच गरिने एउटै मात्र कार्य भनेको बोका काट्नु हो। अष्टमी अथवा नवमीका दिन बोका काटेर खाइन्छ। बोकाको मासुसँग खाने अरू परिकार जे पनि हुन सक्छ। धेरैजसोले दसैंमा मासुभात खाने पनि भन्ने गरेको सुनिन्छ। दशमीका दिन आफूभन्दा ठूलाका घरमा गई उनीहरूकै हातबाट टीका थापिन्छ।


तर मोहनीमा जमरा रोपिसकेपछिको अन्तिम तीन दिन सबैभन्दा महत्वपूर्ण हुन्छ। अष्टमीका दिन बेलुकी आफ्नो कुलकै सम्पूर्ण सदस्य एकै ठाउँमा बसेर भोज खाइन्छ। दसैंमा भोजै खानुपर्छ भन्ने छैन तर मोहनीमा भोज नै खानुपर्छ। कुलै एक ठाउँ बसेर खाइने भएकाले यसलाई ‘कुलभोज’ अथवा ‘कूछिभ्वय्’ भनिन्छ।


कूछिभ्वयकै दिन आफ्नो पेसासँग सम्बन्धित सम्पूर्ण ज्यावल आगम कोठामा राखिन्छ। र, एक रात त्यसै राखी अनुष्ठान गरिन्छ, जसलाई ‘स्वनेगु’ भनिन्छ। यसरी एकरात अनुष्ठान गर्नुको अर्थ ती सामग्रीमा पुनः शक्ति सञ्चार गर्नु हो। अहिलेको भाषामा यसलाई ‘रिचार्ज’ भन्न सकिन्छ।


रातभरि अनुष्ठान गरिएका ती सामग्रीलाई भोलिपल्ट पशु, पन्छी वा अन्डा बलि चढाई पूजा गरिन्छ। नेवारहरूले त्यही दिन आफ्नो सवारीसाधन र मेसिनरी सामानहरूलाई पूजा गर्छन्। उक्त दिन आगममा पूजा पनि हुन्छ। पूजा सकेपछि राति फेरि अर्को भोज गरिन्छ, जसलाई ‘स्वाक्वत्याक्व’ भनिन्छ। नेवारहरूले स्याक्वत्याक्वकै दिन सवारीसाधन, ज्यावल, मेसिनरी सामानहरूको पूजा गर्ने भएकाले विश्वकर्मा पूजा गर्नु पर्दैन। जबकि अरू जातिले यस्ता ज्यावल सामग्रीहरू विश्वकर्मा पूजाका दिन पुज्ने चलन छ।


स्याक्वत्याक्व नवमीका दिन मनाइन्छ। त्यसको भोलिपल्ट दशमीका दिन आगममा अनुष्ठान गरी (स्वनेगु) राखिएका सामग्री झिकिन्छ, जसलाई ‘चालं’ भनिन्छ। दसैं मनाउनेहरूले उक्त दिन निधारमा रातो टीका लगाउँछन्। तर मोहनीमा रातो होइन, कालो टीका लगाइन्छ। त्यो कालो टीकालाई ‘मोहनी सिन्हः’ अर्थात् ‘मोहनी टीका’ भनिन्छ।


नेवार जातिले मोहनीमा लगाउने मुख्य टीका नै यही हो, जो दसैंमा लगाइँदैन। यो कालो टीका पनि पूरै एक रात अनुष्ठान गरी बनाइएको हुन्छ। नवमीको रातदेखि दशमीको बिहानसम्म आगम कोठामा तलतिर एउटा दियोमा बत्ती बाली त्यसको माथि माटोकै अर्को पाला राखेर बत्तीको धुवाँबाट यो टीका तयार गरिन्छ। यो टीका आगम कोठामै तयार गरिएको हुनुपर्छ। यो टीका नै वास्तवमा शक्तिको प्रतीक हो।



धेरैको अनुमान त के छ भने त्यही मोहनी सिन्हः (टीका) लगाइने पर्व भएकाले नै यो पर्वको नाम पनि ‘मोहनी’ हुन गएको हो। यसरी तयार गरिएको टीका लगाउनुको अर्थ आफूमा पनि शक्ति सञ्चार होस् भन्ने हो। मोहनीमा रातो टीका पनि लगाइन्छ तर त्यो पछि मात्रै आएको चलन हो। यो चालं अर्थात् दशमीको दिन पनि भोज खाइन्छ। यसरी मोहनीको अन्तिम तीन दिन नेवार जातिको घरमा भोज चलिरहेको हुन्छ। यो तीन दिन घरमा भात पकाउनै हुन्न भन्ने अवधारणा छ।


मोहनीका यी अन्तिम तीन दिन लहरै मनाइन्छ। अष्टमी, नवमी र दशमीमध्ये कुनै तिथि तुत रहेको छ भने पनि मोहनीले त्यसलाई पालना गर्दैन। त्यसको गणना नगरी तीन दिनै लहरै पर्व मनाइन्छ। किनभने मोहनीमा कूछिभ्वय्को दिन स्याक्वत्याक्व गर्न मिल्दैन, स्याक्वत्याक्वको दिन चालं गर्न मिल्दैन। कहिलेकाहीँ पञ्चांग निर्णायक समितिले निकाल्ने क्यालेन्डरमा यही तीन दिनमध्ये एक दिन तिथि तुत गरिएको पनि हुन्छ। तर त्यस्तो बेला पनि मोहनी पर्व तीन दिनै मनाइन्छ।


दशमीको दिन मनाइने चालंका सम्बन्धमा काठमाडौंको असन टोलको चलन भने छुट्टै छ। त्यहाँ दशमीका दिन ‘चालं’ (टीका लगाउने कार्य) गरिँदैन। त्यसको भोलिपल्ट अर्थात् एकादशीका दिन मात्रै चालं गरिन्छ। टीका पनि त्यही दिन लगाइन्छ। दशमीका दिन असनवासीको पर्व हुँदैन। एकादशीका दिन गरिने चालंलाई ‘असं चालं’ भन्ने छुट्टै नाम दिइएको छ। यो असनका रैथानेलाई मात्रै लागू हुन्छ।


मोहनी र दसैं दुवै शक्तिको पूजा गर्न पर्व हो। तर, दसैंमा दुर्गाको पूजा गर्नुको अर्थ शक्तिको उपासना गर्नु मात्रै हो। तर मोहनीमा शक्तिको उपासना मात्रै गरिँदैन, तान्त्रिक विधिबाट आफू वा आफूले प्रयोग गर्नुपर्ने विभिन्न साधनहरूमा त्यो शक्तिको प्रत्यारोपणसमेत गरिन्छ। अर्थात् शक्तिको पूजा मात्र होइन, शक्तिको धारणसमेत गरिन्छ।


शक्तिको उपासना गरी प्राप्त भएको शक्तिलाई धारण गरी बाहिर प्रकट गर्ने एउटा अर्को परम्परा मोहनीमा छ, जसलाई ‘पायो’ निकाल्ने भनिन्छ। तान्त्रिक उपासनाबाट प्राप्त भएको शक्तिको प्रयोग गरी खराब तत्वको नाश गर्ने प्रतीकस्वरूप काठमाडौंका विभिन्न टोलमा खड्ग समाई ‘पायो’ निकालिन्छ। उक्त ‘पायो’ले सडकको चौबाटोमा फर्सीलाई मार हान्ने चलन छ। यो मोहनी पर्वको अत्यन्त मौलिक परम्परा हो। दसैंमा दुर्गा भवानीले महिषासुरको बध गरेको र त्यसैको सम्झनामा विजया दशमी मनाउने गरिएको कथा सुनाउने गरिन्छ। तर, मोहनीमा दुर्गा भवानी र महिषासुरको प्रसंग कहीँ पनि आउँदैन।


विजया दशमीको टीकापछि कोजाग्रत पूर्णिमासम्मै आफूभन्दा ठूलाका घरघरमा गई टीका थाप्ने चलन दसैंमा छ। तर, मोहनीमा त्यसरी घरघरै गएर टीका लगाउँदैनन्। जहाँ बोलाइन्छ, त्यहीँ मात्र गइन्छ। टीका थाप्न त्यसरी बोलाउने कामलाई ‘नखत्या सःतेगु’ भनिन्छ। नखत्यामा भोज खुवाइन्छ। मोहनीमा टीका थाप्दा दक्षिणा लिनेदिने गर्नु पर्दैन।


मोहनीको सम्बन्ध तिहारमा मनाइने लक्ष्मीपूजासम्म जोडिएको हुन्छ। मोहनीको स्याक्वत्याक्वका दिन जुन जीव (पशु वा पन्छी) को बलि दिइएको हो, त्यसको एक टुक्रा मासु ‘लक्ष्मी भाग’ भनी अलग्गै छुट्याइएको हुन्छ। त्यो मासुको टुक्रालाई ‘खंला’ भनिन्छ। दसैंको १५ दिनपछि मनाइने लक्ष्मीपूजाका दिन त्यही ‘खंला’ चढाएर लक्ष्मीको पूजा गर्नुपर्छ। यसरी नेवार जातिले मनाउने मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्मै जोडिएको हुन्छ।


नेवार जाति कोही हिन्दू छन्, कोही बौद्ध। तर, सम्पूर्ण नेवारले मोहनी मनाउने तरिका भने यही हो। वास्तवमा नेवार जाति विशुद्ध रूपमा हिन्दू पनि होइन, बौद्ध पनि होइन। उनीहरू विशुद्ध प्रकृतिपूजक हुन् भन्ने मोहनी मनाउने यो तरिकाबाट पनि थाहा हुन्छ।

Tuesday, September 19, 2023

नेवार समुदायमा तीजको व्रत. , In the Newar community why donot celebrate of Teej

 नेवार समुदायमा छोरीको ३ पटक विवाह गरिन्छ। पहिलो 'इहिं' अर्थात् बेलसँग विवाह; दोस्रो 'बारा तयेगु' अर्थात् गुफा राख्ने जस्लाई सूर्यदर्शन पनि भनिन्छ र यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्नेमान्छेसँग गरिन्छ। नेवार समुदायका महिलाले तिजको समयमा व्रत बस्नु पर्दैन किनकि नेवार कन्याको बाल्यअवस्थामा नै भगवान सुबर्ण कुमारसंग वैदिकतन्त्र निर्देशनअनुसार इही संस्कार सम्पन्न भई कहिले पनि बिधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरेका हुन्छन्। यस्तो अवस्थामा तीजको व्रत लिई पुन: सौभाग्यका लागि व्रत बसी कामना गर्नुपर्ने आवश्यक्ता हुँदैन भनिएकाे छ। आजकल केही नेवार महिलाहरुले अरुहरुको देखासिकी गर्दै तिजको ब्रत बस्न थालेकाे पनि पाईन्छ। रहरले यो व्रत बसेको हाे भने अर्कै कुरा, तर अज्ञानताबस बसेकाे हाे भने त्यो नेवारी परम्परा, संस्कृति र धर्म-संस्कारसंग मेल नखाएकाे मानिन्छ।त्यसैले नवारले तिज मनाउनु भनेको अनफ्नो खेत बाजो राखेर अरुको खेत खन्न जानू जतिकै हो।।

Monday, October 3, 2022

नेवा:हरुको मोहनी नख:, Mohni Nakhah dashain tika,


 

नेवा:हरुको मोहनी नख:


नेवा: परम्परा अनुसार कौलाथ्व पारुको दिन देखि मोहनी नखःको शुरुवात हुन्छ । नेवा: वर्षमा कौला अन्तिम महिना हो । नेवाःहरुको पात्रो चन्द्रमास अनुसार हुने गर्दछ । पहिलो दिन प्रत्येक महिना पारु (परेवा तिथि)बाट नयाँ महिनाको शुरुवात हुने गर्दछ । कौला महिनाको पहिलो दिन मोहनी नखःको शुरुवात हुन्छ । यसपछि आउने महिला कछलामा नेवाःहरुको नयाँ वर्ष शुरु हुन्छ । जुन म्हपूजाको दिन पर्दछ ।

हुन त अरु जातिले मनाउने दशैमा झै मोहनी नखः मा पनि घटस्थापनाकै दिन नल स्वा: (जमरा) रोपिन्छ । एकाबिहानै नजिकै रहेको खोलामा गएर खोलाको किनारबाट शुद्ध बालुवा तथा शुद्ध जल ल्याएर नल स्वा: रोप्नका लागि माटोको भेग: (मुख खुला भएको भाँडा)मा बालुवा ओछ्याएर त्यसमा एकदिन अगाडि भिजाएको जौ (कसैले मकै पनि मिसाएर) छर्केर बालुवाले नै छोपेर रोपिन्छ । पूजा गरि जौ रोपिसकेपछि सो भेगःलाई फेरी अर्को भाडाले छोपिन्छ । यसरी जमरा रोप्नुको कारण देवीका लागि शुद्ध फूल तैयार गर्नु हो । सूर्यको पनि आँखा नलागोस् । किरा पुतलीहरुले पनि जुठो नगरोस भनेर पूर्ण शुद्ध जमरा तैयार गर्नका लागि नित्य पूजा गर्ने गरिन्छ । तर नल स्वा: रोपिए पछि बिचका दिनहरुमा खासै केही गरिदैन । काठमाडौमा भने पञ्चमीको दिन पचिमह्र अर्थात पचली भैरवको जात्रा मनाउने गरिन्छ । अन्यथा नल स्वा: रोपे पछि सात दिनसम्म दैनिक नित्य पूजाको साथमा नल स्वा: को पूजा मात्र गरिन्छ ।

kuchi bhay. कुछी भ्वय newari feast (bhoj)



 On the eighth day of Badadashain, the Newar community is celebrating the Maha Ashtami festival by eating kuchi bhay.

In Newari, kuchi means two manas while bhay means feast. On the day of Maha Ashtami, there is a custom of feasting on banana leaves. Kuchi Bhay has special importance in that community.

Saturday, July 16, 2022

Junior/Youth Red Cross Symposium organized by Manimukunda sub chapter nepal जूनियर/युवा रेडक्रस गोष्ठी सम्पन्न

Junior/Youth Red Cross Symposium



Junior/Youth Red Cross Symposium organized by Manimukund Sub Branch under the hospitality of Ujir Singh Ma V. Dated 2079/03/31 on Friday Under the chairmanship of Junior/Youth Committee Coordinator Vijay Ratna Shakya, Ne Ray So Rupandehi District Branch President Prem Lal Udas was the chief guest with the participation of 16 circles. The chairman of the program, Vijay Ratna Shakya, announced the program of the coming year along with the report of the program of the year. The present circles hosted various programs in the coming year and the chairman's report was passed. Butwal Ward No. 2 People's Representative Ganga Ghimire Ujir Singh, Vice President Padam Raj Gyawali, Vice President Tika Prasad Upadhyay, Vice President Yagya Sapkota, Vice President Manimukund Sub Branch Suha Bahadur attended the event. Nepalese and others gave congratulatory remarks. In the second session of the program, trainer Apsara Upadhyay conducted a Red Cross introductory program for the junior/young students.

Saturday, June 11, 2022

४६ औ जिल्ला वार्षिक साधारण सभामा, 46th District Annual General Meeting


 नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको


४६ औ जिल्ला वार्षिक साधारण सभा

२०७९ जेठ २८ गते शनिवार
            `नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको ४६ औं जिल्ला वार्षिक साधारण सभा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको आतिथ्यतामा सिद्धार्थनगरमा रहेको यूनिक ब्याङ्केट सभा हलमा सम्पन्न भएको छ ।

Friday, March 18, 2022

happy holi to all

 होली हिन्दुहरुको प्रमुख चाड हो । होलीको दिन सबैले एकअर्कालाई रङ लगाएर हर्षोल्लासका साथ मनाउँछन् । यही अवसरमा मेरा सम्पूर्ण साथी आफन्तजन यो पेज मार्फत जोडिनुभएका सम्पुर्णमा होलीको धेरै धेरै शुभकामना ब्यक्त गर्दछु ।

होली पर्व हिन्दूहरूले मनाउने प्रमुख चाडहरू मध्ये एक हो। होली एक चाड हो जुन सम्पूर्ण भारतमा ठूलो धूमधामका साथ मनाइन्छ। हरेक भारतीयले होलीको पर्व हर्षोल्लासका साथ मनाउने गर्छन् ।

यस दिन सबै मानिसहरूले आफ्ना सबै पिडा बिर्सेर एकअर्कालाई अँगालो हाल्छन्। होलीका रङहरूले हामी सबैलाई एकताबद्ध तुल्याउँछ र सम्बन्धमा प्रेम र सम्बन्धको रंग भर्छ। होलीको पर्वलाई हाम्रो भारतीय संस्कृतिको सबैभन्दा सुन्दर रङ मानिन्छ।

Wednesday, January 19, 2022

6 Tips for Working Safe in Cold Weather,

 


Working in cold conditions isn’t just uncomfortable, it can be dangerous. Frostbite, numbness, dehydration and hypothermia are real concerns from chilly outdoor weather. If you're working outdoors this winter, be aware of the dangers and stay safe. In this article, we're looking at 6 tips for staying safe in the cold.

Saturday, January 15, 2022

The 16th Annual General Assembly and the 4th Convention of the branch held on Friday selected Nepalis, नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको साधारणसभा,

 

Suha Bahadur Nepali has been unanimously elected as the president of Manimukunda 
sub-branch of Nepal Red Cross Society, Butwal. The 16th Annual General Assembly and
 the 4th Convention of the branch held on Friday selected Nepalis.

Maghe Sankranti festival, माघे संक्रान्ति पर्व, नेपालका थारु समुदायले माघी पर्व मनाउँछन्

 

Maghe Sankranti festival is one of the major festivals celebrated in the month of Magh (According to Bikram Sambat calendar or about 14th January). The festival is also known as Makar Sankranti as well. It is celebrated in Nepal as the beginning of the auspicious month of Magh. The festival is considered to be the beginning of warmer days in comparison to the cold month of Poush (December). It is believed that from this day the sun starts to move toward Northern hemisphere. It is a solstice festival celebrated in Nepal.

Thursday, January 13, 2022

नेवारी समुदायका नागरिकहरुले नेवाःभोजको आयोजना गरिएको, newa bhoj in butwal, butwalma newa bhoj sampanna, newar haruko saskriti jagarna garna ko lagi newa bhoj aayojana


  पुस महिनाको चिसो चिसो मौसम ,आफ्नै भेषभुषामा सजिएका नेवारी समुदायका नागरिकहरु । पुस २६ गते सोमबार बुटवल १ मा रहेको पुरानो पुस्तकालय महाबिर पुस्तकालयको प्राङगणमा देखिएको दृश्य बिल्कुलै फरक थियो ।

Thursday, September 2, 2021

When is Father's Day in Nepal 2078: Buwa Ko Mukh Herne Din बुवाको मुखहेर्ने दिन कुशे औशी


 The date of Father's Day in Nepal falls in either in August (Shrawan or Bhadra) each year, depending on the cycle of the moon. The Bua ko Mukh Herne Din in Nepal runs for one day. As we all know that father's day is celebrated to respect the father.

For your kind information, in Nepal, Father's Day, Bua ko Mukh Herne din and Kushe Aunshi are the same. All meaning of them is similar.

When is Father's Day in Nepal 2078: Buwa Ko Mukh Herne Din

Saturday, July 24, 2021

An action research on grammer, कार्यमुलक अनुसन्धान जुनसुकै तह र विषयको, tips for permanent teacher's

 An action research on grammer


Introduction

English has been taught and included in the curriculum of Nepal from the beginning level to university. But these days it has become a major obstacle for satisfactory educational achievement in Nepal as most of the learners tend to face failure in English. Here the knowledge of grammar is needed to use English contextually and practically. Grammar helps students to use English according to the situation. So, grammar is known as the backbone of the English language.

तपाइ पनि जुनसुकै तह र विषयको कार्यमुलक अनुसन्धान share गर्न चाहनुहुन्छ भने vijayshakya34192@gmail.com  मा send गर्न सक्नुहुन्छ ।

Friday, July 9, 2021

quail egg benifit for child and oldage, Battai eggs: Healthy food for children and the elderly, बट्टाईको अन्डा : बच्चादेखि वृद्धसम्मको स्वास्थ्यवर्द्धक खुराक

Battai cultivation is very fast in Nepal. Battai eggs and meat are considered nutritious foods. Experts say that eggs are healthier than meat. Battai eggs are considered to be a beneficial food for children and the elderly in terms of health.

Tuesday, June 29, 2021

National Paddy Day, Dahi Chiura Khane Din / राष्ट्रिय धान दिवस, दहि चिउरा खाने दिन


National paddy day nepalies people's gratest day, nepal is agriculture country, every nepalies people's are depand in agricultural work and dahi chiura khane din is also one of the best day,

Monday, June 28, 2021

New admission of saraswati school on 2078 शैक्षिक सत्र २०७८ का लागि नयाँ भर्ना खुल्यो

 शैक्षिक सत्र २०७८ का लागि नयाँ भर्ना खुल्यो 

लुम्बिनी प्रदेश बुटवल उपमहानगरपालिकाको एतिहासिक स्थलमा अवस्थित पुरानो बटौली बजार वडा नं. १ मा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सत्र २०७८ का लागि यही असार १३ गते देखि नयाँ व्यवस्थापनका साथ कक्षा नर्सरी देखि कक्षा ८ सम्म नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ, साथै यस बर्ष देखि सबै कक्षाहरु शिक्षामा नविन प्रविधिका साथ ICT को प्रयोग गरि अध्यापन गराइने समेत जानकारी गराइन्छ ।

Thursday, June 24, 2021

Listening to the radio without permission was punishable by imprisonment. रेडियो घरमा राख्न पनि लाइसेन्स लिन पर्थ्यो,

At one time, you had to set up an antenna at home to play a radio set, so you could not listen to the radio in secret. Therefore, the Rana government had no choice but to seek permission to keep the radio set. Listening to the radio without permission was punishable by imprisonment.

 
Radio, which until a few decades ago presented social prosperity, is generally disappearing.
Moreover, due to the prevalence of mobile, even the watch that stays with a person has disappeared.
However, the recent rapid increase in the number of FM stations in Nepal has helped maintain the importance of radio.

Monday, June 14, 2021

विश्व रक्तदाता दिवस

 हरेक वर्षको जून महिनाको १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ ।

स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ, यो दिनमा । यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो । सन् २०२१ को विश्व रक्तदाता दिवसको नारा भने न्ष्खभ दयियम बलम पभभउ तजभ धयचमि दभबतष्लन तय भएको छ ।

यसको अर्थ, विश्वलाई रगत दान गरौं र हरेकको धड्कन कायम गरौंँ भन्ने हो ।

Sunday, June 13, 2021

आफू पनि स्वास्थ्य बनौं र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ

आफू पनि स्वास्थ्य बनौं र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौस्वस्थ्य नेपाल निमार्णमा सहभागि बनौं


 

1. दैनिक ८ गिलास पानी पिउने
2. दैनिक रूपमा साग खाने
3. खानामा सलाद समावेश गर्ने
4. टुसा उम्रेका अनाज ख
5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो
6. मौसमअनुसारका फलफूल खाने
7. चिसो पेयपदार्थ नपिउने
8. चिया÷कफी धेरै नपिउने
9. रेसायुक्त तरकारी खाने
10. नुन कम खाने बढी गुलियो नखाने

Worlds best Superb Sentences


  Shakespeare.

 "Never Play With The Feelings Of Others Because U May Win The Game But The Risk Is That U Will Surely Lose The Person For A Life Time".


 Napoleon.

 "The world suffers a lot. Not because of the violence of bad people, But because of the silence of good people!"


 Einstein.

 "I am thankful to all those who said NO to me It's because of them I did it myself."